• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र

शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो । ‘पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ नेता ईस्तियाक राईले भने ।

चीनले अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी आइपुग्यो
चीन सरकारले नेपाललाई सहयोगस्वरूप अनुदानमा दिएको स्वास्थ्य सामग्रीमध्ये १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाका हुँदै नेपाल भित्रिएको छ । मंगलबार बिहान ८ बजे चीनले अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क रसुवागढी नाका हुँदै नेपाल भित्रिएको हो ।

चिनियाँ तीनवटा गाडीमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा गाडीमा पाँच लाख २७ हजार पाँच सय थान एन नाइन्टी फाइभ मास्क गरी चारवटा चिनियाँ गाडीमा बिहान ८ बजे सामग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । उक्त सामग्री स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन् । चिनियाँ गाडीमा आएको अक्सिजन सिलिन्डर र मास्क नेपाली गाडीमा लोड भइरहेको छ । उक्त सामग्री आज नै स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखामा पठाइने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर अनुदानमा दिने घोषणा गरेको थियो । त्यसमध्ये नेपाल वायुसेवा निगमको जहाजले करिब दुई हजार सिलिन्डर बेइजिङबाट काठमाडौं लगिसकेको जनाएको छ । त्यसमध्ये स्थलमार्ग हुँदै रसुवागढी नाकाबाट उक्त सामग्री नेपाल भित्रिएको हो ।

पछिल्लो समय रसुवागढी नाकाबाट व्यावसायीले मगाएका स्वास्थ्य सामग्री र चिनियाँ सहयोगका सामग्री नेपाल भित्रिरहेको छ । चीनले एक वर्ष अघिदेखि रसुवागढी नाका एकतर्फी रूपमा सञ्चालन गरेको छ । चीनले आफ्नो गाडीमा नेपाली भूभागमै सामान ल्याइदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा गाडीमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार