• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

ठाकुर-महतो पक्षले पनि उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्यो


काठमाडौं : नेकपा एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल समूह राजनीतिक रुपमा भिड्दा त्यसको प्रभाव जनता समाजवादी पार्टी नेपाल (जसपा) मा पनि परेको छ। जसपाको महन्थ ठाकुर समूह प्रधानमन्त्री ओली पक्षमा छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीविरुद्धको

मोर्चामा छन्। दुवै समूहका नेताहरु हाल एक अर्कालाई ‘काउण्टर’ दिइरहेका छन्।राजनीतिक रुपमा विभाजित भइसकेको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कारवाही गरेका छन्। मंगलबार दिउँसो जसपाको यादव भट्टराई समूहले अध्यक्ष ठाकुर सहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको थियो। उक्त समूह ओलीमा सहभागी हुने तयारी गरिरहँदा यादव समूहले नेताहरुलाई निष्कासन गरेको छ। यादव भट्टराई समूहको उक्त निर्णय लगतै ठाकुर-महतो पक्षले पनि यादवलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको छ।

ठाकुर समूहका नेता सुरेन्द्र झाले यादवलाई साधारण सदस्य नरहनेगरी कारवाही गरिएको जानकारी दिए। ‘साधारण सदस्य नरहनेगरी कारवाही गरिएको छ,’ उनले भने।ठाकुर समूहको केन्द्रीय कार्यकारीणी समूहको बैठकले यस्तो निर्णय गरेको हो। दुवै समूहले पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई पनि गराएका छन्।ठाकुर पक्षले उपेन्द्र यादव बाहेकका नेताहरुलाई भने कुनै कारवाही नगरेको झाले बताए। झाले यादवसँग आफू बाहेक अरु नेता नै नभएको दाबी गरे।

यादव समूहका नेता डा. बाबुराम भट्टराईलाई कारवाही गर्न आवश्यक नभएकाले नगरिएको उनको भनाई छ। ‘यादव बाहेक त को नेता छ र? बिचारा बाबुराम त आफै भाग्दै भाग्दै हिँडनुभएको छ। उहाँलाई के कारवाही गर्नु?,’ उनले भने।जसपा भित्र हाल प्रधानमन्त्री तथा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सघाउने र नसघाउनेबीच दुवै समूहबिच विवाद बढेको हो।

यादव-भट्टराईले ओलीको चर्को आलोचना गर्दै सरकारमा जानै नहुने बताइरहेका छन् भने ठाकुर-महतो सरकारले आफ्ना उठाएका माग पुरा गरेको भन्दै सरकारमा जाने तयारीमा छन्। ठाकुर समूहका नेताहरुका अनुसार २ राज्यमन्त्री र आठ मन्त्री सहित उक्त समूह सरकारमा सहभागी हुँदैछ।दुवै समूहले अध्यक्षसहितका नेतालाई कारवाही गरेसँगै जसपा फुट उन्मुख भएको हो। दुवै समूहले केन्द्रीय कार्यकारीणी समितिमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार