• २०८१ कार्तिक १५ गते बिहिवार
  • Preeti To Unicode

माधव नेपाल अनधिकृत व्यक्ति भएकाले एमालेको केन्द्रीय कमिटी बोलाउने हैसियत छैन – ओली


काठमाडौं :नेकपा एमालेको माधव नेपाल पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ।दिउँसो ११ बजे बस्ने उक्त बैठक भर्चुअल
रुपमा हुने बताइएको छ। बैठकमा पछिल्लो राजनीतिक दाउपेचबारे छलफल हुने बताइएको छ। नेपाल पक्ष र अध्यक्ष केपी शर्मा ओली पक्षका

दोस्रो तहका नेताहरु पार्टीलाई फुटबाट जोगाउन लागिपरेको बेला यस्तो बैठक हुन थालेको हो।यद्यपि पार्टीलाई जेठ २ मा फर्काउन प्रयासरत रहेकोबारे नेपाल लाइनमा पनि विवाद बढेको बताइएको छ। यसै सन्दर्भमा छलफलका लागि बैठक बोलाइएको नेताहरुले बताएका छन्।यता ओली पक्षले भने उक्त बैठक पार्टीको विधान विपरित भएकोले सहभागी नहुन ओली पक्षले केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्देशन दिएका छन्।बिहीवार बिहान एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एक प्रेस वक्तव्य जारी गर्दै बैठकमा सहभागी नहुन सुचित गरेका हुन्। वक्तव्यमा माधव नेपाललगायतका नेताहरुलाई अनधिकृत व्यक्ति भनिएको छ भने बैठक बोलाइएकोमा भर्त्सनासमेत गरिएको छ।

‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ,

‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु।’

प्रधानमन्त्री ओलीले केही दिन अघि नेपालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गरेको थियो। यस कारवाहीलाई नेपाल पक्षले भने मान्य नहुने जनाउँदै आएका छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार