• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल-खनाल समूहको निचोड : तत्काल वार्ता र नयाँ पार्टी गठन दुबै नहुने


काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले अध्यक्ष केपी ओलीसँगको वार्ताले निकास
ननिकाल्ने निष्कर्ष निकालेको छ।नेपाल-खनाल समूह पार्टी एकताका लागि अनौपचारिक संवाद जारी राखे पनि तत्काल औपचारिक वार्ताको सम्भावना

नभएको निचोडमा पुगेको हो।केन्द्रीय सदस्य जयन्ती राईले वार्ता टोलीको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेकाले औपचारिक वार्ताको औचित्य नभएको बताइन।’औपचारिक वार्ता तत्काललाई सम्भव छैन भन्ने खालको कुरा भएको छ। किनभने भीम रावललगायत कमरेडहरू कारबाहीमा हुनुहुन्छ,’ उनले भनिन्।यद्यपि अनौपचारिक संवाद जारी राख्ने नेपाल समूहको निर्णय छ।नेपाल समूहले बिहीबार र शुक्रवार भर्चुअल माध्यमबाट केन्द्रीय सदस्यको बैठक आयोजना गरेको थियो। ओलीले बैठकमा सहभागी नहुन निर्देशन जारी गरे पनि नेपाल समूहले ओलीको निर्देशनको उल्लङ्घन गर्दै बैठक बोलाएको हो।

तर नेता नेपालले नयाँ पार्टी गठनको तयारी तीव्र पार्न नेताहरूलाई निर्देशन दिएका छन्। कोभिड-१९ सङ्क्रमणका कारण स्थानीय तहसम्म कमिटी गठनको काम रोकिएकोमा पुनः सुरु गर्न पनि नेपालले निर्देशन दिएका छन्।बैठकमा ओली समूहसँग संवादमा रहेका नेताहरूले भने अन्तिमसम्म पनि एकताको प्रयास जारी राख्नुपर्ने मत राखेका थिए। धेरैजसो केन्द्रीय सदस्यले ओलीले वार्ताका नाममा अलमल्याइ मात्रै रहको धारणा राखेको केन्द्रीय सदस्य राईले बताइन। ‘करिब करिब सबै साथीहरूले वार्ताका नाममा अलमलिनु हुँदैन भन्नुभयो,’ उनले भनिन्।

अर्का वरिष्ठ नेता झलनाथ खनालले नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनले अब ओलीसँग वार्ताको सम्भावना नै नभएको बताएका छन्।

बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पनि वार्ताका नाममा अलमल नगर्न नेपाललाई सुझाव दिएका थिए। वार्ताका नाममा अलमलिए समूहमा थप क्षति हुने नेताहरूको भनाई छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार