• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सर्वाेच्च अदालतको फैसलापछि माधव नेपाल समूहले नयाँ पार्टी गठनबारे निर्णय गर्ने


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ पार्टी गठन हुने या नहुनेबारे सर्वोच्च अदालतको फैसलापछि निर्णय
गर्ने भएको छ । शनिबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वाेच्चको फैसलापछि पार्टी गठनबारे निर्णय गर्ने भएको छ ।अझैँ पार्टी

एकताका लागि अन्तिम प्रयास गर्ने तर, एकताको सम्भावना नदेखिएमा नयाँ पार्टी बनाउने निष्कर्ष बैठकले निकालेको छ।बैठकले नेपाल समूहको चाहना अन्तिम समयसम्म पार्टी एकतामै ध्यान दिने निर्णय गरेको छ । तर, अध्यक्ष ओलीले एकता गर्न नचाहेको र अनेक दाउपेच गरिरहेको पनि बैठकको निचोड रहेको छ ।नेपाल पक्षले ओलीसँग एकताका लागि ५ बुँदे सर्तसमेत अघि सार्ने भएको छ। सर्तको पहिलो नम्बरमा निर्णायक वार्ताका लागि ११ जना सांसदमाथिको कारबाही फुकुवा हुनुपर्ने उल्लेख छ ।यसैगरी पार्टीको कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने, ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मालोचना गर्दै निर्णय सच्याउनुपर्ने नेपाल पक्षको यसअघिकै माग रहेको छ ।त्यस्तै, तल्लो कमिटी व्यवस्थापनका निम्ति कार्यदल गठन गर्नुपर्ने र नवौं महाधिवेशनको मार्गनिर्देशनहरू पार्टीको राजनीतिक गतिविधि हुनुपर्ने पनि नेपाल समूहको निष्कर्ष छ।

मुख्यमन्त्रीमा कांग्रेसका दावी

राजधानी काठमाडौंमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसंग अध्यक्ष उपेन्द्र यादवले भेटेपछि जनकपुरधाममा रहेका कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सरकार परिवर्तन भएमा आफु नै मुख्यमन्त्री बन्न पाउनुपर्ने दावी गरेका छन् । उनले अहिलेको कम्यूनिष्ट पार्टी र जसपा बामशंकर भएको भन्दै उनले भने– टेबुलमा बसेपछि दावी गर्ने हो । त्यस्तै जसपाको पनि अवस्था छ । संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री पदको दावी गरेपनि माओवादी केन्द्रले भने चासो देखाएको छैन । माओवादीका संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेश नम्बर २ को सरकार पुनःगठनको गृहकार्य भईरहेको बताए । उनले मुख्यमन्त्रीमा लालबाबु राउत नै रहने स्पष्ट पारे ।

जसपा भित्रका राजपा हेर र पर्खको अवस्थामा
संघीय सरकारमा सरकार पुनःगठन तथा मन्त्रीपरिषद् विस्तारमा जसपाको एक समूह सहभागीसंगै प्रदेश २ मा तत्कालीन राजपा नेपाल भने अन्योलमा परेको छ । कतिबेला तत्कालीन राजपाबाट मन्त्री बनेकाहरुको पद जाने हो भन्नेमा चिन्तित छन् ।जसपाका सचेतक परमेश्वर साहले मुख्यमन्त्री लालबाबु राउतको सरकारले के गर्छ हेर र पर्खको अवस्थामा रहेको बताए । उनले हामीलाई सरकारबाट हटाए पनि ठिक नहटाएपनि ठिकै रहने भन्ने आसय व्यक्त गरे ।

प्रदेश सरकार पुनःगठनको गणित
प्रदेश नम्बर २ मा सत्तारुढ जसपा भित्र रहेका तत्कालीन समाजवादी पार्टीका ३० र तत्कालीन राजपा नेपालका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र १ जना स्वतन्त्र सांसद छन् ।प्रदेश सभाको सदस्य संख्या १०७ भए पनि एमाले ओली पक्षमा सामेल एक समानुपतिक सहित आफ्ना ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेपछि १ सय ४ जना मात्र सांसद छन् ।प्रदेश २ मा सरकार माथि अविश्वास प्रस्ताव गरेमा बहुमत सिद्धका लागि कुल ५३ सांसद आवश्यक पर्नेछ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार