• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

जो श्रीमतीको गहना बिक्री गरेर निमुखालाई राहत बाँड्दैछन् ( फाेटाेफिचर )


काठमाडौं । यो दृष्य हो ठमेल सातघुम्ती चोकको । जहाँ आर्थिक अवस्था कमजोर भएकाहरु राहतका लागि लाइन लाग्छन्।कुनै वेला गल्जार हुने ठमेल अहिले सुनसान छ।कोरोना संक्रमणपछि भएको लकडाउने ठमेलको वास्तविक चहल पहल सून्य भएपनि निमुखा र निम्छरा मान्छेको

चहल पहल भने राम्रै हुने गरेको छ ।तिनै निमुखाहरुका लागि सहारा बनेका मेन्ज फाउण्डेसनका सञ्चालक मेञ्ज खान जो हरेक दिन पाँचसय भन्दा बढीलाई निशुल्का खाना बाँड्छन् । हरेक शुक्रबार दाल चामललगायतका खाद्य सामग्री बाँड्ने गरेका खानले यसपाली श्रीमतीको दुई तोला सुन बिक्री गरेको सुनाए । ‘सेवा गर्न मन लाग्छ । पैसा सकिएपछि श्रीमतीको दुई तोला सुन बिक्री गरेँ ।’ उनले भने । गत वर्ष पनि लकडाउनमा उनले यसैगरि खाद्य सामग्री वितरण गरेका थिए ।

निमुखाहरुका लागि सहारा बनेका मेन्ज फाउण्डेसनका सञ्चालक मेञ्ज खान जो हरेक दिन पाँचसय भन्दा बढीलाई निशुल्का खाना बाँड्छन् ।

हरेक शुक्रबार दाल चामललगायतका खाद्य सामग्री बाँड्ने गरेका खानले यसपाली श्रीमतीको दुई तोला सुन बिक्री गरेको सुनाए ।

गत वर्ष पनि लकडाउनमा उनले यसैगरि खाद्य सामग्री वितरण गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार