• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

लिपुलेक विनाको नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेक विना को पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।केही निजी प्रकाशक ले नेपालको पुरानो नक्सा छापेर विद्यालय स्तरको पाठ्यपुस्तक बिक्री गरेको

सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ उनले बैठकमा निर्देशन दिएका थिए ।मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौं’ उनले भने ।

तातोपानीमा प्राकृतिक चिकित्सालय बन्ने
म्याग्दी — विभिन्न रोग निको हुने अनुभवका आधारमा बिरामीको बढी भीड हुने बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डमा प्राकृतिक चिकित्सालय निर्माण अन्तिम चरणमा पुगेको छ । निषेधाज्ञाको कारण होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापीका सामग्री ढुवानी रोकिएकाले पूर्ण सेटअप हुन नसकेको हो । ‘तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनको अन्तिम तयारीमा छौं । विभिन्न थेरापीका उपकरण काठमाडौंमा प्याकिङ भए पनि ल्याउन समस्या भएको छ,’ चिकित्सालय निर्माण गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले भने, ‘परिस्थिति सहज भए १५ दिनमा सेटअप भई प्राकृतिक चिकित्सालयको सेवा सुरु गर्न सक्छौं ।’

तातोपानी कुण्डमा डुब्दा हाडजोर्नी, चोटपटक लागेको, छालारोग र ग्यास्ट्रिकसमेत रोग निको हुने धेरैको अनुभव भएकाले यो आफैंमा प्राकृतिक उपचार मानिन्छ । त्यसमा होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र योगा जोडेर उपचार गर्न चिकित्सालय बनाइएको हो । संघीय सरकारको ५० लाख रुपैयाँ लागतमा चिकित्सालयको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको ५० लाख रुपैयाँबाट थेरापी र योगातर्फका सामग्री ल्याउन लागिएको हो । छुट्टै १० लाख रुपैयाँको लागतमा योगा भवन पनि बनिरहेको छ । कुनै औषधि प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने प्रभावकारी र हानीरहित उपचार विधि हो, प्राकृतिक चिकित्सा । यो शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रूपमा तन्दुरुस्ती प्रदान गर्ने एक प्रणाली हो ।

शरीर र प्रकृति पनि पञ्चतत्त्वले बनेको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त बनाउन अग्नि, आकाश, जल, वायु र पृथ्वी (माटो) को प्रयोगबाट गर्न सकिन्छ,’ प्राकृतिक चिकित्सक डा. विनोद पौडेलले भने, ‘प्राकृतिक चिकित्साले शारीरिक रोगमात्र होइन मानसिक र सामाजिक समस्यामा पनि उपचार गरिन्छ ।’

तातोपानी स्नान (जल चिकित्सा) एउटा विधि हो । जल चिकित्सामा पानीको गुणको उपयोग गरी मानिसको शारीरिक तथा मानसिक रोगको उपचार गरिन्छ । पानीबाट हिप बाथ, साउना बाथ, स्टिम बाथ र स्पिनल बाथ गरिन्छ । परम्परादेखि यहाँका तातोपानी कुण्डमा साउना बाथ र स्टिम बाथ प्रचलनमा छन् । ‘परम्परादेखि नै हाम्रा पुर्खाले तातोपानीको कुण्डमा शरीर डुबाएर विभिन्न रोगको उपचार गराउँथे । यस्तो चलन विश्वभर रहेछ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार