• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेसस सभापति देउवा पत्नी आरजु राणालाई हराएका नारदमुनि वनमन्त्री


काठमाडौं । कैलालीका नेकपा एमाले नेता नारदमुनि राना पनि मन्त्री बन्ने पक्का भएको छ । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले
वनमन्त्री प्रस्ताव गरेका थिए । रानाले पद स्वीकार गरेको बताए ।‘वन मन्त्रालयको जिम्मेवारी दिइएको छ,’ रानाले भने, ‘साँझ ४ बजे सपथका लागि

बोलाउनु भएको छ ।रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए । चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर, रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाएका छन् ।
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । अपराह्न चार बजे शितलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणको तयारी छ ।

प्रधानमन्त्री खगराज अधिकारी, नैनकला थापा, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव, ज्वाला कुमारी साह, मोहनबहादुर बानियाँ लगायतलाई मन्त्री नियुक्त गरेका छन् । त्यसको जानकारी प्रधानमन्त्री ओलीले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका थिए ।नवनियुक्त मन्त्रीहरुको जिम्मेवारी औपचारिक रुपमा पुष्टि नभए पनि अधिकारीलाई गृह मन्त्री बनाउने चर्चा छ । माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)को गृहमन्त्री पद खोसिएपछि यो मन्त्रालय खालि थियो ।

ओलीले बादल पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतको दाबी छ । थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन् । उनी राजनीतिमा खासै सक्रिय थिइनन् ।

यसैगरी यसअघि एमालेको माधव नेपाल पक्षमा रहेका गणेश पहाडीलाई पनि ओलीले मन्त्री नियुक्त गरेका छन् । पहाडीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने चर्चा छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने माग गर्दै आएका विपक्षी गठबन्धनको तर्फबाट पहाडीले हस्ताक्षर गरेका थिएनन् ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषिमन्त्रीमा ज्वाला कुमारी साहलाई शपथ खुवाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।वन राज्यमन्त्रीको रुपमा आशा विकको नाम सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार