• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप


भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको। समाज सेवा र राहत वितरणका नाममा निषेधाज्ञावीच मादक पदार्थ खाएर गाउँले सँग झगडापर्दा सुर्खेत का गाउँलेले टाउको फुटाइदिएका सामाजिक अभियन्ता

ज्ञानेन्द्र शाहीले पुरानो ऋण नतिरेको आरोप छ । शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौं रुपैयाँ वर्षौंदेखि नतिरी सामाजिक अभियन्ता बनेको बताइन्छ ।केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्रकट भएका हुन् । २०७४ सालताका उनले अरु तीन जनासँग मिलेर काठमाडौंमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गरेका थिए ।

काँडाघारीमा कार्यालय खोलिएको शाहीको कम्पनीको नाम केटिएमबज डट कम थियो । केही समयपछि उनीहरुले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले । त्यहि समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टी भिन्नसमेत भयो । अग्रहरीलाई उनले एउटा सहकारी र अर्को बैंकको गरी दुई वटा चेक भिडाएका छन् । तर,पैसा नभएको खाताको उक्त चेकको कुनै अर्थ नभएको उनले जनआस्थालाई बताए ।

शाहीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन् ।तर,त्यसको कुनै उपादेयता नभएपछि व्यापारीले उनलाई पटक पटक फोन गरेका थिए ।

शाहीले फोनमा पैसा दिन्छु भन्ने तर नदिने प्रवृत्ति देखाएपछि आफू कानुनी उपचारमा जानुको विकल्प नरहेको अग्रहरी बताउँछन् । यसअघि शाहीको कुपण्डोलस्थित कार्यालयमा समेत सम्पर्क राख्दा फोन नउठाएको तर पिएमार्फत् रेडिमेड जवाफ दिएर शाही धेरै पटक उम्केको उनी बताउँछन् ।
समाचार स्रोत : जन आस्था

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार