• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ आषाढ २३ गते बुधवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ असार २३ गते, बुधवार७ जुलाई २०२१। आषाढ कृष्णपक्ष त्रयाेदशी तिथि। राेहिणी नक्षत्र,१८ः५२ बजेदेखि मृगशिरा। चन्द्रराशि–
वृष। इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६ : ५१ बजे, चन्द्रास्त : दिउँसो ०४:०७ बजे र चन्द्रोदय :

मध्यरात्रीपछि ०३:५१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०७:०७ बजे, आषाढ कृष्णपक्षको त्रयोदशी तिथि, मध्यरात्रीपछि ०२:५६ बजेसम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामान हराउने यो छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । अरूलाई सहयोग पनि गर्न सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च होला , तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुन: सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेम प्रसङ्गमा नजिक हुन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तले सहयोग गर्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । नजिकको मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी रहला । राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार