• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कोटेश्वरबाट भीम रावल फर्किए : सुरु भयो कार्यदल बैठक


नेकपाएमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२

बजेदेखि सुरु भएको हो। यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वर स्थित निवास पुगेपछि पर धकेलिएको थियो । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य लगायत ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

भीम रावल माधव नेपाल निवास पुग्दा कार्यदल बैठक पर धकेलियो
नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनी नेपाललाई भेट्न पुगेपछि कार्यदलको बैठक पर धकेलिएको छ ।

कार्यदलका अन्य सदस्यहरु सिंहदबारमा भेला भइसकेपनि रावल नआएकाले बैठक पर धकेलिएको एक नेताले जानकारी दिए । यसअघि बिहान ८ बजेका लागि तयको बैठक १० बजेलाई सारिएको थियो । तर, रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो ।

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार