• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ आषाढ २५ गते शुक्रवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ असार २५ गते, शुक्रवार, ९ जुलाई २०२१। आषाढ कृष्णपक्ष औंसी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि– मिथुन। इटहरी, सुनसरी,
नेपाल मा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६ : ५१ बजे, चन्द्रास्त : साँझ ०५ :३८ बजे र चन्द्रोदय : औंसी भएकाले रातभरि

चन्द्रोदय हुँदैन,काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ कार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्षउमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । प्रेमीको साथ पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्षउमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज घर परिवारमा झैझमेलाको अवस्था आउला । आर्थिक पक्ष पनि कमजोर रहनेछ । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट सहयोग र मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार