• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

फाइनल वार्ताका लागि एमाले कार्यदलका नेता सिंहदरवारमा


काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ। शुक्रवार
भएको सहमतिको मस्यौदालाई अन्तिम रुप दिन उनीहरु वार्तामा जुटेका हुन्। शुक्रवारको ७ घण्टा लामो कार्यदलको बैठकबाट सहमतिको मस्यौदा

बनेको र उक्त मस्यौदालाई केही परिमार्जन गरेर शनिवार टुंग्याइने नेताहरुले बताएका थिए। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच सहमतिका लागि गत सोमवारयता लगातार वार्ता भइरहेको छ।हिजोको वार्तापछि ओली-नेपालको सुझावलाई पनि समेटेर कार्यदलले अन्तिम सहमतिको खाका सार्वजनिक गर्ने एमालेका प्रवक्ता तथा वार्ता टोलीका सदस्य प्रदीप ज्ञवालीले बताएका थिए।एमालेमा असन्तुष्ट रहँदै आएको नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेपछि एमालेको विवाद झनै बल्झिएको थियो। उक्त हस्ताक्षर र ओलीले गरेको प्रतिनिधिसभा विघटन दुबै फिर्ता हुनुपर्ने एमालेको ओली-नेपाल समूहले एक अर्कालाई शर्त राख्दै आएका थिए

माधव नेपाललाई जनै खटिरा : कोटेश्वर पुगेर प्रचण्डले गरे स्वास्थ्यलाभको कामना
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल अस्वस्थ्य भएका छन्। विगत केही दिनेयता स्वास्थ्यमा
समस्या आएपछि चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। गौतमका अनुसार नेता नेपाललाई

जनै खटिरा आएको हो। ‘विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ’, गौतमले भने। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार कोटेश्वर नेपाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले नेपालको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। गौतमका अनुसार नेपालको स्वास्थ्य समस्याका कारण प्रचण्डले संक्षिप्त भेट गरेका हुन्। शनिबारको भेटमा अन्य राजनीतिक विषयमा कुराकानी नभएको उनको भनाइ छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ’, गौतमले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार