• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

२८ वर्षपछि अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, मेस्सीको पहिलो अन्तर्राष्ट्रिय उपाधि


कोपा अमेरिका अन्तर्गत आज सम्पन्न फाइनल खेलमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको छ। ब्राजिलको रियो दी जेनेरियोस्थित ७८ हजार क्षमताको माराकाना स्टेडियममा ७८ सय दर्शकबीच भएको खेलमा ब्राजिललाई

१-० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको हो।प्रतिस्पर्धात्मक खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जेल डी मारियाले गरेको गोल नै खेलमा निर्णायक बन्यो। र, सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपा अमेरिकाको उपाधि जित्दै धेरै पटक कोपा अमेरिका जित्ने टिमको सूचिमा उरुग्वेसँग बराबरी गरेको हो। यो सिजन अर्जेन्टिना च्याम्पियन बनेसँगै उरुग्वे र अर्जेन्टिनाले सर्वाधिक समान १५/१५ पटक कोपा अमेरिकाको उपाधि जितेका छन्।पटक-पटक ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याएर पनि उपाधि दिलाउन नसकेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी यसपटक सफल भएका छन्।

छ पटकको बालोन डिओरको उपाधि उचालेका उनले अर्जेन्टिनाबाट हात पारेको सबैभन्दा ठूलो उपाधि २००८ को चीन ओलम्पिकको स्वर्ण नै हो। उच्च प्रतियोगितामा भने सन् १९९३ को कोपा अमेरिकापछि अर्जेन्टिनाले कुनै उपाधि जितेको छैन।

मेस्सीको सन्दर्भमा यो उनको १० औं मुख्य प्रतियोगिता हो। उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा सहभागिता जनाउँदै विश्वकपमा ६ गोल गरिसकेका छन भने कोपा अमेरिकामा २००७, २०११,२०१५, २०१६, २०१९ र २०२१ मा गरी कुल १३ गोल गरिसकेका छन्।

कसले कति पटक जितेको छ कोपा?

उरुग्वे १५

अर्जेन्टिना १५

ब्राजिल ९

पेरु २

पाराग्वे २

चिली २

बोलिभिया १

कोलम्बिया १

अर्जेन्टिनाको फाइनल यात्रा

समूह चरण

अर्जेन्टिना भर्सेस चिली: १-१ (बराबरी)

अर्जेन्टिना भर्सेस उरुग्वे: १-० (जित)

अर्जेन्टिना भर्सेस पाराग्वे: १-० (जित)

अर्जेन्टिना भर्सेस बोलिभिया: ४-१ (जित)

क्वाटरफाइनल

अर्जेन्टिना भर्सेस इक्वेडर: ३-० (जित)

सेमिफाइनल

अर्जेन्टिना भर्सेस कोलम्बिया १-१ (३-२) (जित)

फाइनल

अर्जेन्टिना भर्सेस ब्राजिल १-० (जित)

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार