• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

घनश्याम भुसाल र रघुजी पन्त बाहेक भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा


सिंहदरबारमा जारी एमाले कार्यदल को बैठक गम्भीर मोडमा पुगेको छ । माधव नेपाल पक्षबाटै कार्यदलमा रहेका केही नेताहरु नेता
नेपाललाई नै बाइपास गरेर भए पनि सहमति गर्नु पर्ने लाइनमा उभिएपछि बैठक गम्भीर मोडमा पुगेको हो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको

कार्यदलको बैठकले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ नेता माधव नेपालले असहमति जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गर्ने प्रयासमा कार्यदल लागेको छ। उच्च स्रोतका अनुसार आइतबार बिहान माधव नेपाललाई सहमतिमा ल्याउने प्रयासस्वरुप नेपाल पक्षीय नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेका थिए । तर नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेका थिए । नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस भएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ ।

सिंहदबारमा साढे ११ घण्टादेखि अहिले पनि जारी छ । केहीबेर बैठक हलबाट बाहिरिएर फेरि प्रवेश गरेका नेता घनश्याम भुसालले कार्यदलमा कुनै प्रगति नभएको बताए ।वस्तुस्थित हिजोको भन्दा आज फरक छैन । हिजोअस्ति जुन ठाउँमा थियौँ, त्यही ठाउँबाटै छलफल प्रारम्भ भइरहेको छ । टुंगामो पुगिन्छ, पुगिँदैन अहिलेनै भन्न सक्ने अवस्था छैन। हेर्दै जाऔं’, उनले संवाददाताहरुलाई भने । यस्तै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले पनि ठोस जवाफ दिएनन् ।

नेपालको असहमति रहेको मस्यौदालाई नसच्याइ अहिले कार्यदलमा उनलाई बाइपास गरेर सहमति गर्न लागेको उच्च स्रोतले बतायो । वस्तुस्थित हिजोको भन्दा आज फरक छैन । हिजोअस्ति जुन ठाउँमा थियौँ, त्यही ठाउँबाटै छलफल प्रारम्भ भइरहेको छ । टुंगामो पुगिन्छ, पुगिँदैन अहिलेनै भन्न सक्ने अवस्था छैन। हेर्दै जाऔं’, उनले संवाददाताहरुलाई भने ।

नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस भएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार