• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानमन्त्री देउवा माधव नेपाल निवासमा : नेपालले फेरि पनि साथ दिने देउवाको विश्वास


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन्
।एमालेकाे नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवा नेता नेपाललाई भेट्न उनकै

निवासमा पुगेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ ।आज मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नकिने बताएका थिए ।

प्रधानमन्त्री देउवालाई पनि विश्वासको मत लिन नेपाल पक्षको आवश्यकता छ । प्रतिनिधि सभा बचाउन नेपालले फेरि पनि साथ दिने देउवाको विश्वास छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै एमालेको माधवकुमार नेपाल समूहले विपक्षी गठबन्धन सक्रिय बनाएका थिए ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि नेता नेपालको दल प्रतिपक्षीमा रहे पनि देउवाले उनीसँगको सहकार्यका विकल्पको विषयमा छलफल गर्न खोजेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार