• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल पक्षका सांसदहरुको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे छलफल


काठमाडौं: नेकपा(एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे
छलफल भएको छ। सांसदको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे कानुनी परामर्श थाल्ने कुरा भएको सांसद मेटमणी चौधरीले जानकारी

दिए।पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको कारबाही र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा उनीहरु बीच छलफल भएको हो। ओली पक्षले स्पष्टीकरण सोधेको भनिएपछि पत्र भने आफूहरुसम्म नआइपुगेको उनले बताए। त्यस्तै, भेलामा ओलीविनाको पार्टी कसरी बनाउन सकिन्छ भनेर पनि छलफल भएको चौधरीले बताए।यसैगरी, ओली पक्षका थप ७ जना नेपाल पक्षमा आउनका लागि सम्पर्कमा रहेको विरोध खतिवडाले दावी गरेका छन्।सांसदहरुसँग छलफल गर्नुअघि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।सोमवार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय विपरित शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यद्यपि, उक्त स्पष्टीकरणको पत्र हालसम्म पनि सम्बन्धित सांसदहरुलाई पठाइएको छैन।

एमालेको केन्द्रीय कमिटीमा छलफल : माधव नेपाल फुट्दा के हुन्छ ?

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा प्रदेशका अध्यक्षहरुले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि कस्तो असर पर्छ भनेर ब्रिफिङ गरेका छन्। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसको आजको बैठकमा प्रदेशका अध्यक्षहरुले ब्रिफिङ गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए।पार्टीको निर्देशन विपरीत शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ नेतालाई स्पष्टीकरण बारे पत्र पाएको २૪ घण्टापछि थप प्रक्रिया अघि बढ्ने उनले बताए।

तर, हालसम्म स्पष्टीकरण बारेको पत्र भने पठाइएको छैन। बैठक भोलि फेरि बस्ने छ। भोलिको बैठकमा महासचिव ईश्वर पोखरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिने बताइएको छ।सोमवार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। आजको बैठकपछि २२ जनालाई स्पष्टीकरण सोध्ने पत्र पठाउने तयारी छ।

सोमवारको बैठकमा ओली निकट केन्द्रीय सदस्यहरुले पार्टीको निर्णय विपरीत गएका सांसदहरुलाई तत्कालै कारवाही गर्न माग गरेका थिए। अदालतले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पार्टीको ह्वीप नलाग्ने आदेश दिएकाले ओली समूहमा ह्वीप उल्लंघन गर्नेलाई कसरी कारवाही गर्ने भन्नेमा अन्यौल देखिएको छ।माधव नेपाल समूहले भने आफूहरुले अदालतको फैसला बमोजिम काम गरेको भन्दै ओली समूहले कारवाही गर्न नसक्ने बताउँदै आएको छ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार