• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’ ! एमालेका दुवै समूहका सांसदहरुले एकता अभियान थाले


काठमाडौं । नेकपा एमाले का दुवै समूहका सांसदहरूले पार्टी एकता अभियान शुरु गरेका छन् । सिंहदरबार मा बसेको अध्यक्ष केपी
शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एकता दबाब अभियान शुरु गरेका हुन्।विभाजन रोक्न संयुक्त अभियान चलाउने दुवै

समूहका सांसदहरू सहमत भएका छन् । यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् ।नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् । ‘एकता जोगाउन शुरु भएको यो अभियानलाई सशक्त बनाउँछौं । एकता दबाब अभियानमा साथ दिन संयुक्त अपील गर्दैछौं,’ सुनुवारले भने ।एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ । यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने सुनुवारले बताए ।

एकता प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय
नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर सम्वाद भइरहेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् ।

ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’
फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’उनले अघि भनेका छन्, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

झण्डै एक घण्टा लामो सम्बोधन गरेका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताए । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उनले भने, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हराइएको बताए । त्यसका बाबजुद एमाले स्थानीय तह, प्रदेश र संघीय संसदमा प्रमुख शक्ति रहेको भन्दै उनले भने, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार