• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमालेमा दुई अध्यक्षको ‘होमवर्क’, ओली र नेपालसमक्ष पुग्यो प्रस्ताव


नेकपाएमालेमा कचल्टिएको विवाद समाधान गर्न दुई अध्यक्ष राख्नेगरी‘होमवर्क’सुरु भएको छ।यद्यपि यो होमर्वकले पूर्णता पाइनसकेको
नेताहरुले बताएका छन्।एकातिर एकताको होमवर्क चलिरहेको छ,अर्कोतिर एक अर्कालाई गाली गरेर ओली र नेपालले भाषणहरु पनि जारी राखेका छन्।

विघटित १० सदस्यीय कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे प्रस्तावका आधारमा एमालेलाई एकतावद्ध बनाउने प्रयासस्वरुप महाधिवेसनसम्म दुईजना अध्यक्ष राख्ने गरी कार्यदलले ‘होमर्वक’ अघि बढाएको छ ।विघटित कार्यदलका सदस्यहरुकै पहलमा १० बुँदे प्रस्तावलाई केही परिमार्जन गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘पावर सेयररिङ’गर्नेगरीे खाका तयार भएको बताइएको छ । उक्त प्रस्तावबारे अध्यक्ष ओली र नेता नेपाललाई जानकारी दिइए पनि उनीहरुबाट ठोस जवाफ आइनसकेको बुझिएको छ ।गत असार २७ गते कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको हस्ताक्षरविनै १० बुँदे सहमति पत्र सार्वजनिक गरेको थियो ।त्यसअघि सहमति पत्रमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालले हस्ताक्षर गर्ने बताइए पनि कार्यदलले सार्वजनिक गरेको १० बुँदे एकता प्रस्तावमा कार्यदलका सदस्यले समेत हस्ताक्षर गरेका थिएनन् ।

कार्यदलको प्रस्तावलाई नेता नेपालले अर्को भ्रम र षडयन्त्रको संज्ञा दिएका थिए ।सहमति पत्रमा नेपाल समूहले यसअघि उठाउँदै आएको पार्टी नेतृत्व र निर्णय अधिकारको शक्ति बाँडफाँडबारे कुनै कुरा उल्लेख थिएन,जसलाई माधव पक्षले असहमति जनाएको थियो ।कार्यदलको एकता प्रस्तावपछि बरिष्ठ नेता नेपालसहित २२ सांसदले साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । नेपाल पक्षको यो कार्यलाई ओली पक्षले अपराध नै भनेको छ । यो घटनाले अध्यक्ष ओली र नेता नेपालबीच पुन आरोप प्रत्यारोप चर्किन पुगेको थियो । जसले एमाले एकता चाहने नेता कार्यकर्ताहरु पुन माहोल बिग्रिएको हो कि भनेर चिन्तित बन्न पुगेका छन् ।

त, बिहीबारमात्रै अध्यक्ष ओलीले नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गरेका थिए । प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएका बेला अध्यक्ष ओली एक कदम पछि हट्दै विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्नुपर्ने आग्रह गरेका थिए ।‘भड्किएका साथीहरूलाई जे सुकै भएको होस्, आममाफी । आउनुहोस् मिलेर काम गरौँ’, ओलीले भनेका थिए ।

शुक्रबार जवाफ दिँदै वरिष्ठ नेता नेपालले ओलीलाई श्री ५ महाराजाधिराजको संज्ञा दिएका थिए । पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ आंै पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले ओली अझै परिवर्तन नभएको बताएका थिए ।

‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरू जतिलाई स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ । महाराजाधिराज बोल्नुभएको छ । हामी गदगद भयौं । हाम्रा महाराजाधिराज कति खुसी भएछन्, हामीलाई आम माफी दिएछन्, नाच्नुपर्ने भो, खुसी हुनुपर्ने भो’ नेपालले ओलीप्रति कटाक्ष गर्दै भने ‘यही हो कम्युनिस्ट प्रवृत्ति ? स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें, त्यो मैले फिर्ता लिएको छु भन्दिएको भए के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’ कतिपय नेताहरुले नेता नेपालको यही अभिव्यक्तिले सहमतिमा केही उल्झन आएको बताएका छन् ।

‘दुई अध्यक्ष राख्ने सहमति गरेर शक्ति बाँडफाँड गर्ने कुरामा लगभग सहमति नजिक पुगेका थियौं, तर नेता नेपालको पछिल्लो अभिव्यक्तिले अवस्था फेरि बिग्रेलाकी भन्ने जस्तो भएको छ’, विघटित कार्यदलका एक नेताले भने, ‘तैपनि हाम्रो प्रयास जारी छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार