• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ श्रावण १६ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ साउन १६ गतेशनिवार, ३१ जुलाई २०२१। श्रावण कृष्णपक्ष सप्तमी तिथि,६ः४६ बजेदेखि अष्टमी। अश्विनी नक्षत्र,१८ः२८ बजेदेखि
भरणी। चन्द्रराशि– मेष। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, चन्द्रास्त : दिउँसो ११:०८ बजे र

चन्द्रोदय : मध्यरात्रीपूर्व ११:१७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बिहानै कुनै कुराले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफ्नो श्रमको उचित मल्याङ्कन र कदर हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ र दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार