• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

अखिल फोर्सको शक्ति प्रदर्शन ! माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पार्टीमा अब माधव नेपाल का लागि ठाउँ नभएको बताएका छन् । शनिबार
नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव

नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।

माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन, २० तस्बिरमा हेरौं
नेकपा एमाले माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार