• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

विघटित कार्यदलको आग्रहपछि एमाले स्थायी कमिटी बैठक स्थगित

आजबस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार
बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह

गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

तुइनबाट युवक खसेको घटना छानबिन गर्न भारतलाई माधव नेपालको आग्रह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार