• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपाल पक्षको बैठकमा के–के छलफल भयो ? ओली र नेपालबीच वार्ताको तयारी


एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित उनी पक्षीय स्थायी कमिटी सदस्यहरू बीच पार्टी एकताका लागि भइरहेका
प्रयासहरूबारे छलफल भएको छ । छलफलमा एकता प्रयास कसरी अघि बढिरहेको छ भन्नेबारे कार्यदलमा रहेका सदस्यहरु र वार्ता प्रकृयामा सहभागि

सदस्यहरुले जानकारी गराएको नेता रघुजी पन्तले जानकारी दिए । छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सम्वद्ध पक्षले ध्यान दिनुपर्ने राय व्यक्त भएको पनि उनको भनाइ छ । यस्तै पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा पनि स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए । बैठकमा वरिष्ठ नेता नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो ।

आफू पक्षीय नेतालाई साक्षी राखेर माधव नेपालले भने- एकताको पक्षमा छु
ओली र नेपालबीच वार्ताको प्रयास
पूर्वप्रधानमन्त्री तथा नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो चाहना अरु सदस्यको जस्तै होस् भन्ने रहेको उल्लेख गर्दै त्यसका लागि सम्मानजनक र सुव्यवस्थित ठाउँ चाहिने बताए ।

सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोध गर्दै उनले भने, ‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’
सो क्रममा छलफलका अन्य स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।

यस्तै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सम्वद्ध पक्षले ध्यान दिनुपर्ने राय राखेका थिए । बैठकमा नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो ।

यसैबीच पार्टी अध्यक्ष केपी ओली र माधव नेपाल पक्षबीच भेटवार्ताका लागि प्रयास भइरहेको एक नेताले बताए । दुई समूहबीच तिक्तता बढ्दै गर्दा वार्ताका लागि प्रयास भएको हो । दुई नेताबीच वार्ताका लागि निरन्तर पहल हुँदै आएको छ ।एक दुइ दिन भित्र जसरि पनिदुइ नेता बीच भेट गराउने गरि दुवै तर्फका दोस्रो तहका नेता हरुले तयारी गरिरहेको पनि ति नेताले बताए।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार