• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

ओली र नेपालबीच भेटवार्ता हुदै, ओली भेट्नुअघि माधव नेपालले भेटे प्रचण्ड


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुदैछ । ओलीसँगको भेटवार्ता अघि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।कोटेश्वरमा भएको भेट

वार्तामा समसामयिक राजनीतिका बारेमा दुई नेताबीच कुराकानी भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ‘डिटेल त थाहा भएन, तर पछिल्लो समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हुनसक्छ’, सापकोटाको भनाई छ ।यसैबीच एमाले अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता गर्ने तयारी भएपनि समय र स्थानका बारेमा टुङ्गो नलागेको एमाले नेताहरुले बताएका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले दुई नेताबीच भेटवार्ता गर्ने पक्का भएपनि समय र स्थानबारे छलफल भइरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् ।

प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् । यद्यपि कोटेश्वरस्थित माधव नेपालको निवास नजिककै एक घरमा उनीहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । ‘समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता जारी छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार