• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

माधव नेपाल समूहको बटमलाइन : एकताको लागि ओलीको बहिर्गमन अनिवार्य


काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको पहल जारी राख्ने बताएको छ। तर त्यसका लागि केपी
शर्मा ओली अध्यक्ष पदबाट हट्नुपर्ने माग माधव समूहको छ।बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बसेको माधव समूहको स्थायी कमिटी बैठक

बारे जानकारी दिँदै सांसद् मेटमणि चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी अलग भएको घोषणा नगरेसम्म एकताको पहल गर्ने बताएका हुन्।यद्यपि, उनले एकताको सम्भावना न्यून भएकाले अलग पार्टी बनाउने विषयमा समेत छलफल हुने बताए।केपी ओलीले आफ्नो नामको पार्टी खोलेर र बयलगाडा चुनाव चिह्न लिनुपर्ने बताउँदै उनले भने, ‘ओलीको पार्टी एमाले त अवैंधानिक भइसक्यो। कि ओलीलाई हटाउन हामीले सक्नु पर्यो नभए त एउटै पार्टी त कसरी हुन्छ ? ओली अध्यक्ष रहेसम्म सहमति हुदैँन’आजै माधव समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ। बैठकमा सहभागी हुन करिब ९० केन्द्रीय सदस्य उपस्थित रहेको चौधरीले बताए।केन्द्रीय कमिटीमा सरकारमा जाने नजाने विषयमा छलफल हुने उनले बताए।यता, पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएकोमा आपत्ति जनाएको छ।

बागमती प्रदेशमा सरकार पुनर्गठनका लागि माधव नेपाल समूहको दबाब
बागमती प्रदेश सरकार पुनर्गठनका लागि सत्तारुढ दल नेकपा एमालेभित्र रस्साकस्सी सुरु भएको छ । दुई खेमामा विभाजित एमालेभित्र केपी शर्मा ओली पक्ष यथास्थितिमै अघि बढ्ने जमर्को गर्दैछ भने माधव नेपाल पक्षले सरकार पुनर्गठनका लागि दबाब दिन थालेको हो ।

बागमती प्रदेश सरकार पुनर्गठनका लागि सत्तारुढ दल नेकपा एमालेभित्र रस्साकस्सी सुरु भएको छ । दुई खेमामा विभाजित एमालेभित्र केपी शर्मा ओली पक्ष यथास्थितिमै अघि बढ्ने जमर्को गर्दैछ भने माधव नेपाल पक्षले सरकार पुनर्गठनका लागि दबाब दिन थालेको हो ।पार्टी एकताका लागि बागमती प्रदेशबाटै सन्देश प्रवाह गर्नुपर्ने भन्दै माधव नेपाल पक्षले प्रदेश सरकारको नेतृत्व आफुहरुलाई हस्तान्तरण गरेर नयाँ ढंगबाट सुरुवात गर्न माग गरेको छ।

नीति तथा कार्यक्रम र बजेटका बारेमा अध्ययन गर्न बनेको प्रदेशस्तरको कार्यदलको प्रतिवेदन अनुसार प्रदेश सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित भएको भन्दै प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले आगामी दिनमा पनि सोही कार्यदलको प्रतिवेदन र सुझाव अनुसार अन्य विषय टुङ्गो लाग्ने बताए ।

प्रदेशमा नेकपा एमालेकै सरकार कायम रहने भन्दै उनले सरकार पुनर्गठनका बारेमा छलफल जारी रहेको बताए । अहिले नै यसै हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।‘सरकार पुनर्गठन निश्चित छ, ढिलो चाँडो सरकार परिवर्तन हुन्छ, बजेट र नीति तथा कार्यक्रमका बारेमा अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनका आधारमा हामीले बजेट पास गरेका हौं,’ उनले भने, ‘अन्य विषय पनि सोही अनुसार नै हुन्छ । तर बागमती प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार नै कायम रहन्छ ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार