• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ श्रावण २२ गते शुक्रवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ साउन २२ गतेशुक्रवार, ६ अगस्ट २०२१। श्रावण कृष्णपक्ष त्रयाेदशी तिथि, १७ः२५ बजेदेखि चतुर्दशी। आर्द्रा नक्षत्र, प्रातः ६ः४२
बजेदेखि पुनर्वशु। चन्द्रराशि– मिथुन।इटहरी,सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त :साँझ ०६:४० बजे, चन्द्रास्त :दिउँसो ०३:३३

बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:३४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे,पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोजगारको अवसर र राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ, तर कार्य क्षेत्रमा झमेला आउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा र नयाँ कार्यको थालनी पनि होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार