• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं.२०७८ श्रावण २३ गते शनिबारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ साउन २३ गतेशनिवार, ७ अगस्ट २०२१। श्रावण कृष्णपक्ष चतुर्दशी तिथि,१८ः२१ बजेदेखि औंसी। पुनर्वशु नक्षत्र, ८ः२८ बजेदेखि
तिष्य। चन्द्रराशि– कर्कट। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय :

बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज साथीभाइबाट सहयोग लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । प्रेम सम्बन्ध कसिलो होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्‍तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार