• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं.२०७८ श्रावण २५ गते साेमबारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ साउन २५ गतेसाेमवार ९ अगस्ट २०२१।श्रावण शुक्लपक्ष प्रतिपदा तिथि १८ः४४ बजेदेखि द्वितीया। अश्लेषा नक्षत्र,१०ः३५ बजेदेखि
मघा। चन्द्रराशि– कर्कट १०ः३५ बजेदेखि सिंह। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे, काठमाण्डौं

नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समय देखि भेट नभएका मित्रहरू सँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । व्यावसायिक काम राम्रै हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । शेयर बजारको लगानीले सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी बिच खिन्नता बढ्न सक्छ । मनमा निराशा र शरीरमा आलस्य आउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार