• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

देउवालाई बिन्ती गर्दै ओलीले भने, ‘मेरा मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज !’


एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।मंगलबार प्रतिनिधिसभा
बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन्।‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै

पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?’, ओलीले भने, ‘हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’देउवालाई हात जोडेर नमस्कारसहित बिन्तीको शैलीमा ओलीले अगाडि भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज !’ नेपाल पक्षले आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको थियो । तर नेपाल पक्ष हालसम्म सरकारमा भने सहभागी नभएको अवस्थामा ओलीले कटाक्ष गर्दै संसद्मा यस्तो बताएका हुन् ।
तपाईंको घरबाट पारी जान अघिल्लो सरकारले बनाएकै पुल तर्नुपर्छ
केपी शर्मा ओलीले महाकाली नदीमा तुइन विस्थापित गर्दै आफ्नो नेतृत्वको सरकारले पुल हाल्ने काम गर्दै आएको स्मरण गराएका छन् । दार्चुला घटनाबारे टिप्पणी गर्दै उनले सत्ता पक्षबाट ‘ओलीले तुइन विस्थापित गर्छु’ भनेर पनि नगरेका कारण यस्तो घटना हुन पुगेको भन्ने खालका प्रतिक्रिया आएको जनाए ।

आफू सरकारमा आउनु अघि महाकाली नदीमा पुल बनाउन भारतले सहमति नदिने गरेको पनि उनले उल्लेख गरे । ‘मैले कुरा गरेर सहमति लिएपछि तुइनहरू विस्थापित भएका छन्, पुलह रु बनेका छन्,’ उनले भने, ‘त्यो त सम्माननीय प्रधानमन्त्रीजीलाई थाहा छ, उहाँको घरबाट पारीपट्टी पिथौरागढ जानु पर्‍यो भने अघिल्लो सरकारले हालिदिएको पुल तरेर जानुपर्छ ।’उनले अघिल्लो सरकारले गरेका कतिपय कामलाई नचाहेर पनि अहिलेको सरकारले निरन्तरता दिन बाध्य हुने बताए ।

ओलीले खोजे एमसीसी
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय कहाँ छ भन्दै खोजी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले केपी ओलीलाई देखाएर एमसीसी पास गर्ने वातावरण बनाउन खोज्ने भन्दै कटाक्ष समेत गरे । ‘साझा कार्यक्रममा साना र मसिना कुरा मात्रै छ, पहिले तपाईंहरुले नै एमसीसी गर्नुभएजस्तो लाग्थ्यो, तपाईंहरुले’, ओलीले एमसीसी साझा कार्यक्रममा नभएको प्रति व्यङ्ग्य गर्दै भने,

‘एमसीसीको बारेमा त केही पनि छैन, एमसीसी बिर्सिनु भयो कि के हो । मैले त देखिन कतै । अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ ? उनले एमसीसीबारे नेपाली जनताले जान्न चाहेको भन्दै यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनले बताए । उनले संयुक्त सरकारको साझा कार्यक्रममा विभिन्न अनुहार देखिए पनि काँग्रेसको अनुहार भने नदेखिएको टिप्पणी गरे । ‘अचम्म लाग्छ, नेपाली काँग्रेसको अनुहार कतै छैन। नीतिमा छैन, कार्यक्रममा छैन, केहीमा पनि छैन ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार