• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ श्रावण २७ गते बुधबारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ साउन २७ गतेबुधवार, ११ अगस्ट २०२१। श्रावण शुक्लपक्ष तृतीया तिथि, १७ः०८ बजेदेखि चतुर्थी। पूर्वफाल्गुनी नक्षत्र,१०ः४५ बजेदेखि उत्तर फाल्गुनी। चन्द्रराशि–
सिंह,१६ः३९ बजेदेखि कन्या।इटहरी,सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त:

साँझ ०६:४४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:५० बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक कार्य अघि बढ्नेछ । कुटुम्बको साथ पाइनेछ । शेयर बजारको लगानीले दीर्घकालीन लाभ मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रिनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पुँजीबजारले पनि साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )एको छ )

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार