• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

सत्ता साझेदार देउवा-प्रचण्डमा खटपट सुरु


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट सुरु भएको छ।पार्टीको बैठकमा नै
देउवाले प्रचण्डकोपछि बेकार लागिएछ भनेर उदासीनता देखाउन थालेको स्रोतले खुलायो । देउवाले मन्त्रीमण्डल विस्तार गरौँ भन्दापनि माधवकुमार नेपाल समूहलाई नराखे आफूहरुपनि

नबस्ने भन्र्दै बार्गेनिङ्ग गर्ने गरेको, पहिले एमसीसी पास नै आफ्नो पहिलो शर्त भन्ने प्रचण्ड अहिले यो शब्द नै सुन्न नचाहन थालेको देउवाको गुनासो छ ।प्रचण्डले नै सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न नदिएको देउवाको आरोप छ । पहिले राखिएको थियो तर त्यो शब्दमा नै ‘प्रचण्ड’ को आपत्ति रहेकाले पछि हटाईएको स्रोतको दावी छ । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाले खुलेर नै भन्न थाल्नुभएको छ । नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाउनुभयो । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’, निधिको प्रश्न थियो ।

जवाफमा देउवाले भन्नुभयो, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’ निधिले भन्नुभयो पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा सरकार के कति कारणले नबोलेको हो जवाफ चाहिन्छ ।भेलामा काँग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले पनि चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने ठोकुवा नै गर्नुभयो । तर देउवा भने यसबाट पन्छिने प्रयास गर्नुभयो । ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्’, प्रधानमन्त्री देउवाको जवाफ थियो ।

स्रोतका अनुसार, निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोज्नुभएको थियो । उहाँले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताउनुभयो प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आउनुभएको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा रहनुभएन ।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुमोदनको पक्षमा हुनुहुन्थ्यो । मंगलबार संसद्मा बोल्दै ओलीले एमसीसीबारे पनि सरकारलाई प्रश्न गर्नुभएको छ । एमसीसी के हुन्छ ? प्रधानमन्त्री ज्यू जनता जान्न चाहान्छ भन्दै उहाँले प्रश्न गर्नुभएको थियो । यो समाचार जनबोली बाट साभार गरिएको !

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार