• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ श्रावण ३० गते शनिवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ साउन ३० गते , शनिवार, १४ अगस्ट। श्रावण शुक्लपक्ष षष्ठी तिथि, ११ः५१ बजेदेखि सप्तमी। चित्रा नक्षत्र, ८ः०० बजेदेखि स्वाती। चन्द्रराशि– तुला। इटहरी,
सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे, चन्द्रोदय : दिउँसो १०:२८ बजे र चन्द्रास्त : बेलुका १०:४५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय:

बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् l गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन, तर आर्थिक लाभ भने मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आफन्तसँग भेटघाट पनि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । दैनिक कामकाजमा असर पर्नसक्छ, तर ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार