• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

एमाले समाजवादी ले ‘खुला किताब’ चुनाव चिन्ह नपाउने ! अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको अफर


उन्नत लोकतान्त्रिक पार्टी ले निर्वाचन आयोग मा दर्ता हुन लागेको माधव कुमार नेतृत्वको एमाले समाजवादीलाई खुला किताब चुनाव चिन्ह दिए सर्वोच्च अदालत जाने
चेतावनी दिएको छ । निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन पुगेका सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो दलको चुनाव चिन्ह छड्के परेको किताब रहेको बताउँदै

आयोगलाई ध्यानाकर्षण गराउन लागेको बताए । उनले सामाजिक सञ्जालबाट एमालेबाट फुटेको पार्टीले खुला किताब चुनाव चिन्ह दर्ता गर्न खोजेको थाहा पाएर आयोगमा त्यसलाई रोक्न आएको उनले बताए । हाल दर्ता प्रक्रियामा रहेको र स्वागत नेपाल अध्यक्ष रहेको सो पार्टी दर्ता नंबर २ सय ५८ रहेको उनले बताए । आयोगले ध्यानाकर्षण नमानेर सो निर्वाचन चिन्ह एमाले समाजवादीलाई दिए भोलि नै सर्वोच्च अदालत जाने चेतावनी दिए ।

एमाले विभाजनको असर बागमतीमा, अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको अफर !
नेकपा एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नेगरी छलफल अघि बढाएको छ । पार्टी विभाजनको अध्याय सुरु भएसँगै प्रदेश सरकारमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नका लागि छलफल चलाएको हो ।

त्यसका लागि वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएर नयाँ मुख्यमन्त्री नेतृ अष्टलक्ष्मी शाक्यलाई बनाउने गरी छलफल भएको नेताहरुले बताएका छन् । यद्यपि मुख्यमन्त्री बन्ने अफरबारे शाक्यको आधिकारिक धारणा बाहिर आइसकेको छैन । शाक्यलाई एमालेको माधव कुमार नेपाल पक्षकी हुन् भने उनले यो प्रस्ताव स्वीकार नगरे योजना असफल हुने ठाउँ छ । शाक्यलाई सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आइनन् ।

तर, मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको बागमती प्रदेश एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले राजीनामा दिनेबारे जानकारी एमाले सांसद रचना खड्काले बताइन् । पौडेलले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत चयन गर्ने र शाक्यकै नेतृत्वमा सरकार गठन हुने बताएको उनको भनाइ छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई झापामा रहेको र हेटौंडा आउँदै गरेको जानकारी दिँदै प्रदेश प्रमुख आइपुगे लगत्तै मुख्यमन्त्रीले राजीनामा दिने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार