• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

एमाले समाजवादीको केन्द्रीय समितिमा को को छन् ? (सूचीसहित)


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्।

जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् । हेर्नुहोस् एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली

अनलाईन खबर बाट।

माधव नेपालसँग कुनै एजेण्डा छैन : विशाल भट्टराई
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन गर्ने प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गरेका छन् ।

माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले नेता भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको बताए ।ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन् । यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन’ नेता भट्टराईले भने ।

राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने भन्दै उनले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी गरे ।राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण उनले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप लगाए ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार