• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

नेपाली कांग्रेसले सरकार संचालन गर्न सक्दैन : पशुपति शमशेर


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार संचालन गर्न नसक्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा
आयोजित एक कार्यक्रम मा अध्यक्ष जबरा ले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना समेत गरेका छन् ।

ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसले तीन- चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने बताएका हुन्।

‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेको। त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो। दुवै ठुला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो। अर्को ठुला पार्टीले मलाई लाग्छ तीन, चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन।’ उनले भने।

जबराले आफ्नो पार्टीले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडी बढ्ने बताए। राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकतावद्ध भएर अगाडी बढ्ने उनको दाबी थियो।

‘महाधिवेशन सिद्ध गरी महाधिवेशनबाट उत्पन्न भएको दह्रो राष्ट्रिय प्रजातन्त्र पार्टी जसमा धेरै नयाँ प्रवेशीहरु आइसकेका हुन्छन्, त्यो बखत राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो झण्डा फर्फराएर हिन्दुत्व, राजसंस्था लगायत मुलुकको प्रगतिको लागि अगाडि बढ्छ’ जबराले भने।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार