• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र ०६ गते आइतवारकाे राशिफल, जनै पूर्णिमा, रक्षा बन्धनकाे दिन यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र ०६ गते आइतवार तदनुसार ई. सं. २०२१ अगस्ट २२ तारिख , राक्षस नामक संवत्सर , शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं.:–११४१, (गुँलाथ्व), इटहरी, सुनसरी,नेपालमा सूर्योदय:बिहान ०५:३० बजे र सूर्यास्त :साँझ ०६:२५ बजे, चन्द्रोदय : साँझ ०६:०५ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि जून

लागिरहने छ, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०६:४० बजे, श्रावण शुक्लपक्षको पूर्णिमा तिथि, साँझ ०५:१२ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि,धनिष्ठा नक्षत्र, बेलुका ०८:२८ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, बिहान ०८:३४ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, शोभन योग, दिउँसो १२:११ बजेसम्म, त्यसपछि अतिगण्ड योग,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सानो भूलका कारण अपमानित हुनु पर्ला, सचेत रहनु पर्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भौतिक साधन जुटाउने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप पनि लाग्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शेयर बजारको लगानीले पनि लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनार्जन हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार