• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

वामदेव गौतम पुन: एमालेमै


काठमाडौँ नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र
हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ । पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै

हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका छन्, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।’बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि उनले प्रस्ट्याएका छन् । गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गरेका थिए ।

सामाजिक सञ्जाल दर्ताबिनै चल्दा राजस्व गुम्दै
दर्ता नभई फेसबुकलगायत सामाजिक सञ्जाल सञ्चालन हुँदा राजस्व गुम्ने गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७८ मा इन्टरनेटमार्फत चल्ने भाइबर, मेसेन्जर, स्काइप, ह्वाट्स एपलगायत एप्लिकेसन दर्ता नभई चल्दा राज्यले राजस्व गुमाउनुपरेको उल्लेख छ ।

भाइबर, मेसेन्जर, स्काइप, ह्वाट्सएप, विच्याट, इमो तथा बैठक, गोष्ठी, सेमिनार सञ्चालन गर्ने जुम, बेभेक्स, सिस्को जस्ता एप्लिकेसन नेपालमा निर्बाध सञ्चालित छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘कानुनी तथा नीतिगत सुधार गरी यी सेवा प्रदायकलाई दर्ता गराई राजस्व असुल गर्ने व्यवस्था गर्नुपर्छ ।’ कतिपय सेवाका लागि अमेरिकी डलर खाताबाट रकम भुक्तानीसमेत भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

आयकर ऐनको दफा ६७ बमोजिम नेपालको करको क्षेत्रभित्र पर्ने भएकाले सेवा दिनुअघि दर्ता हुनुपर्ने व्यवस्था छ । तर यी कुनै पनि संस्था दर्ता नभएको पाइएको प्रतिवेदनले बताएको छ । ‘यी सबै किसिमका आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजस्वको आधार फराकिलो बनाउन यस्ता एप्लिकेसनमा हुने अनलाइन विज्ञापनलाई करको दायरामा ल्याउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार