• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

अष्टलक्ष्मी शाक्य सल्लाहमै मुख्यमन्त्री बनेको माधव नेपालको खुलासा


नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका छन् । चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँगकुरा गर्दै नेता नेपालले शाक्य वागमतीको मुख्यमन्त्री आफ्नै सल्लाहमा बनेको बताएका हुन्।अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो।

तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो’, नेपालको भनाइ छ ।नेपालले त्यसपछि मात्रै वागमती प्रदेश सरकारबारे आफ्नो पार्टीले धारण बनाउने पनि बताए । ‘२१ दिनभित्र रोज्न पाउने व्यवस्था अनुसार त्यो समयभित्र कता रोज्नुहुन्छ, त्यसका आधारमा त्यो सरकारलाई हेर्ने दृष्टिकोण बन्छ’, नेपालले भने ।

सनाखतका लागि निर्वाचन आयोगले तोक्यो समय
माधव नेपाल नेतृत्वको प्रस्तावित एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ ।

बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।

माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनुपर्छ ।नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार