• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

अष्टलाई बधाई, अरूलाई स्वागत : ओली


एमालेअध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन्।तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी
कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका हुन्।‘पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई बधाई छ अरू साथीहरूलाई स्वागत छ’भन्दै ओलीले

शाक्यको प्रशंसा गरे । शाक्य भदौ २ गते बागमतीको मुख्यमन्त्री बनेकी थिइन् । शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी छन् । ओलीले माधव नेपाल समूह छाडेर आएका सदस्यहरूलाई बैठकमा स्वागत गरे । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी छन् । सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो ।

एमाले स्थायी कमिटी बैठक शुरु, पूर्व माओवादी नेताहरु पनि सहभागी
नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार