• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

एमाले जेठ २ मा फर्किँदा २५ जिल्ला अध्यक्षले छाडे माधवको साथ (सूचीसहित)


काठमाडौं ।२०७५ जेठ २ अघिको एमालेभित्र माधव नेपाल पक्षका जिल्ला अध्यक्षहरू बहुमत रहेकोमा पार्टी विभाजन हुँदा भने निकै कम संख्याले मात्र नेपाललाई साथ
दिने देखिएको छ ।१० बुँदे सहमति कार्यन्वयनसँगै एमाले जेठ २ मा फर्किँदा माधव नेपाल पक्षका अधिकांश जिल्ला अध्यक्ष भने एमालेमै बस्ने भएका छन् । जेठ २ अघिको एमालेमा ७७

मध्ये माधव पक्षका ३८ जिल्ला अध्यक्ष थिए ।नेपालले पार्टी विभाजन गरेर नेकपा (एस) गठन गर्दा जेठ २ अघिका १३ जिल्ला अध्यक्षले उनलाई साथ दिने देखिएको छ । नेपाल समूहमा रहेका तर १० बुँदे सहमति कार्यान्वयनपछि दुवै पक्षसँग संवादमा रहेका केही अध्यक्षले आफ्नो कित्ता प्रष्ट पार्न बाँकी छ ।एमाले जेठ २ मा फर्किँदै गर्दा प्रदेश १ का माधव नेपाल समूहका ६ जना जिल्ला अध्यक्षमध्ये संखुवासभाका हेमराज घिमिरेमात्र नेकपा एसमा समाहित भएका छन् ।नेपाल पक्षले तत्कालीन एमालेमा ताप्लेजुङ, इलाम, तेह्रथुम, सुनसरी, उदयपुर, संखुवासभा र खोटाङमा अध्यक्ष जितेको थियो ।प्रदेश २ मा नेपाल पक्षका चारजना अध्यक्ष रहेकोमा बाराका सुन्दर विश्वकर्मा दुवै पक्षसँग छलफल गरिरहेका छन् । अन्य तीनजना नेपाल पक्षमा खुलेका छन् ।माधव नेपाल समूहको राम्रो मानिएको वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र अरुण नेपाल एमालेमा बसेका कारण नेकपा एसमा जानेको संख्या न्यून भएको छ ।

नेपाल पक्षले रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रसुवा र चितवनमा अध्यक्ष जितेको थियो । पार्टी विभाजन हुँदा काभ्रेका टोकबहादुर वाइबा र मकवानपुरमा मुनु सिग्देलमात्र नेकपा एसमा लागेका छन् ।गण्डकीमा जेठ २ अघि माधव नेपाल पक्षका एकमात्र जिल्ला अध्यक्ष थिए बागलुङका ईन्द्रलाल सापकोटा । उनले पनि पार्टी विभाजनमा नेपाललाई साथ नदिएपछि नेकपा एस निल भएको छ ।लुम्बिनीमा माधव पक्षबाट चारजना जिल्ला अध्यक्ष थिए । दाङका टिकाराम खड्का अझै पनि तटस्थ देखिएका छन् भने बाँके र रोल्पाका अध्यक्षले नेपाललाई साथ दिएका छन् ।माधव नेपालको सबैभन्दा राम्रो मानिएको कर्णालीमा जेठ २ अघि उनको पक्षका पाँचजना जिल्ला अध्यक्ष रहेकोमा विभाजनको बेला रुकुमपश्चिमका विमल पुनले मात्र साथ दिएका छन् ।

सुदूरपश्चिममा माधव नेपालका जेठ २ अघिका अध्यक्ष ६ जना थिए । विभाजनको बेला चारजना अध्यक्ष नेपाल पक्षमा खुलेका छन् भने एकजना तटस्थ छ । जेठ २ अघिका जिल्ला अध्यक्षहरूमध्ये सुदूरपश्चिममा नेपाल पक्षमा धेरै देखिएका छन् ।
यस्तो छ सूची :

स्रोत : नेपाल प्रेस।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार