• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

यी हुन् नेकपा समाजवादीको तर्फबाट मन्त्री बन्नेहरु


काठमाडौँ:मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी भइरहँदा नेकपा एकीकृत समाजवादीले विभिन्न ६ मन्त्रालयको जिम्मा पाउने लगभग निश्चित भएको छ ।एक राज्यमन्त्री
सहित ६ मन्त्रालय आफूहरुको भागमा आउने समाजवादीका नेताहरुले बताएका छन्।समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार समाजवादीको तर्फबाट मन्त्री बन्नेको नाम लगभग टुंगो

लागिसकेको छ । यद्यपि आकांक्षीहरु बढेपछि अन्तिम निर्णय गर्न बाँकी रहेको ती नेताले बताए ।मन्त्री बन्नेमा हालसम्म जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झांक्री, किसान श्रेष्ठ र प्रेम आले मगरको नाम अघि सारिएको छ । ती नेताले भने “६ जनाको नाममा लगभग सहमति भएको छ । अब निर्णय गर्न बाँकी छ ।”

मन्त्री बन्ने आकांक्षीहरुको नाम धेरै भए पनि वरिष्ठता, भूगोल, समावेशिता लगायतलाई आधार मानेर मापदण्ड बनाइएको ती नेताले बताए । सम्भावित मन्त्रीहरुको नामबारे अध्यक्ष माधव नेपाल सहित स्थायी समितिका नेताहरुले समेत निर्णायक छलफल गर्दैछन् ।

सम्भावित मन्त्रीमध्ये श्रेष्ठ पूर्व एमालेमा छँदादेखि नै माधव नेपालका निकट मानिन्थे । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव बनिसकेका उनको राजनीतिक भूगोल काठमाडौँ हो । यस्तै विरोध खतिवडा मकवानपुरबाट निर्वाचित सांसद हुन् ।

चौधरी दाङबाट निर्वाचित सांसद हुन् । नेकपा (एस) निर्माण प्रक्रियामा उनी सक्रिय थिए । यस्तै लामो समय विध्यार्थी राजनीतिबाट आएकी झाँक्री समानुपातिक तर्फको सांसद हुन् । प्रेम आले र किसान श्रेष्ठ भने यसअघि एमालेमा छँदा केपी ओली निकट मानिन्थे । डोटीबाट निर्वाचित आले ओली नेतृत्वको सरकारमा वनमन्त्री समेत थिए । तनहुँबाट निर्वाचित किसान लामो समय ओली निकट नेताको रुपमा चिनिन्थे ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार