• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

‘नेपाली जिउँदो हुँदा त अवरोध गरे–गरे। मृत्यु हुँदा मृतकको सदगतमै भारतीय अवरोध


कञ्चनपुरमाएक मृतक नेपाली नागरिकको सदगत गर्न अवरोध गरेको छ। एसएसबीले भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको सदगत गर्न अवरोध गरेको हो।भीमदत्त नगरपालिका– ९ रिगौना सदगत स्थलमा एसएसबीका जवान आएर अवरोध गरेका थिए। स्थानीय युवा दीपेन्द्रसिंह ऐरीले मृत्यु भएका नेपाली नागरिकको सदगत गर्न एसएसबीले

अवरोध गरेको बताए।‘नेपाली जिउँदो हुँदा त अवरोध गरे–गरे। मृत्यु हुँदासमेत भारतीय पक्षबाट समस्या खडा गरियो,’ उनले भने, ‘भारतले हेपाइको सीमा नाघ्याे। सरकारले यस्ता घटनामा गम्भीर हुनुपर्छ।’सो क्षेत्रमा नाथगिरी, पुरी भारती समुदायले सदगद गर्दै आएका छन्। सदगत गरेर वर्ष दिनपछि समाधि बनाउने भएकाले भारतीय पक्षबाट कञ्चनपुरको सीमा क्षेत्रमा हस्तक्षेप मात्र नभई नेपालीको धर्म–संस्कृतिमा समेत अवरोध पुर्याउने गैरसमाजिक काम भएको स्थानीय बताउँछन्। भीमदत्त नगरपालिका– ९ का वडाध्यक्ष राना नाथले सदगत कार्यमा एसएसबीले गरेको अवरोध निन्दनीय भएको बताए।‘आफ्नै भूमिमा सदगत गर्दासमेत भारतीय पक्षबाट अवरोध हुनु गलत हो,’ उनले भने, ‘अबउप्रान्त यस्ता विषयमा भारतीय पक्ष जिम्मेवार हुनुपर्छ।’ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल र नेपाली नागरिकमाथि निरन्तर ज्यादती गरिरहेको छ। एसएसबीको व्यवहारले सीमाका नेपाली नागरिकले हैरानी व्यहोरिरहेका छन्। गत १५ साउनमा दार्चुलास्थित महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामी बेपत्ता बनाएको थियो।

एमसिसी खारेजीको माग गर्दै अमेरिकी दूतावासअगाडि प्रदर्शन
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासअघि प्रदर्शन भएको छ। ‘एमसिसी खारेज राष्ट्रिय अभियान’ले एमसिसी खारेजीको माग गर्दै दूतावासअगाडि प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले ‘ब्याक अफ एमसिसी’, ‘रिजेक्ट एमसिसी’जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका छन्। प्रहरीले कम्तीमा आठ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार