• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

बेलायतकी महारानीले दिएको तत्कालीन राजाले राज्याभिषेकमा प्रयोग गर्ने सुनको बग्गी सार्वजनिक


काठमाडौं।नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान
सार्वजनिक गरिएको हो।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा

दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ ।तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे । यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ ।

‘केही महिनापछि स्वर्गीय राजा वीरेन्द्रको अध्ययन कक्ष, सैलुन कक्षक, अध्ययन कक्ष र सिनेमा हललगायत सर्वसाधारणका लागि खुला गर्ने तयारीमा छौं,’ धेरै काम बजेटकै कारण रोकिने स्थितिमा रहेको उल्लेख गर्दै दाहालले भने, ‘तर चालु आर्थिक वर्षभित्र नारायणहिटी संग्रहालयको बजेट शून्य छ । सात करोड रुपैयाँ बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति माग्यौं । अहिलेसम्म प्रक्रिया अघि बढेको छैन ।’

संग्रहालयको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण चरणबद्ध अघि बढाएको उनले जनाए । तर, बजेटकै कारण खुला गरिएका नारायणहिटीको छानो जीर्णोद्धार कार्य अधुरो छ । त्यसैगरी भरखरै सार्वजनिक गरिएको श्रीसदनको समेत छानो कमजोर छ । तीन तलाको भवनमा राजा वीरेन्द्र, रानी ऐश्वर्य,

अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुति बस्दथे । लामो कम्पाउन्ड छिचोलेर १२ कोठे यस भवन प्रवेश गर्न सकिन्छ । दक्षिण मोहडाको श्रीनिवासको भुइँतला ढोकाको दायाँबायाँ राजपरिवारका विभिन्न फोटाहरू सजाइएका छन् । पूर्वतर्फ बैठक कक्ष र खानपान गर्ने डायनिङ हल रहेको छ । बायाँतर्फका दुई कक्षमा राजा र रानीको कार्यालय छन् ।

नारायणहिटी दरबार संग्रहालयमा राखिएको तत्कालीन राजाको श्रीपेच । तस्बिर :

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार