• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

माधवजी एमालेमै फर्किनुस्, क्षमादान दिन्छौं : सुरेन्द्र पाण्डे


पोखरा। नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन् ।मंगलबार पोखरामा एमाले
जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूह फर्किएअझै पनि क्षमादान दिने बताए।पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको

भनाइ थियो । ‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनापार्टी मिलाउन १० सदस्यीय कार्यदलले निकै दुःख गरेको र भित्री बाहिरी धेरै छलफल भएको पाण्डेको भनाइ छ । साउनको पहिलो हप्ता पार्टी मिल्यो भन्ने स्थितिमा पुगेको तर फेरि भाँडिदै पार्टी विभाजन भएर जाने अवस्थामा पुगेको उनले बताए ।कार्यकर्ताले झगडा तिमीहरुले गर्ने दुःख हामीले पाउने भनेर भन्ने गरेको भन्दै पाण्डेले त्यो आफूले स्वीकार्ने पाण्डेको भनाइ थियो । विश्वको इतिहासमा नेताहरुको झगडाले ठूला नोक्सानी व्यहोर्नु परेको पाण्डेले बताए ।पार्टी विभाजनमा देश विदेशका शक्तिको पनि खेल भएको बताउँदै पाण्डेले गल्ती उनीहरुको नभएर आफूहरुकै भएको पाण्डेले बताए । ‘कांग्रेस झगडा गर्छ फुट्दैन, कम्युनिष्ट झगडा पनि गर्छौं र फुट्छौं पनि,’ उनले अगाडि भने, ‘आज पार्टी सम्हालौं र एउटा बिन्दुमा गएर समीक्षा गरौंला ।’देशैभरिको स्थिति हेर्दा ५ देखि १० प्रतिशतमात्र एमालेलाई नोक्सानी हुने पाण्डेले बताए । आउँदो चुनावमा कास्कीमा एमालेले रचेको इतिहास कायम गर्न लाग्न पाण्डेले आग्रह गरे ।नेकपा एमाले छिन्नभिन्न पार्ने बीचमा माओवादीलाई ल्याएर प्रयास भएको र त्यो अहिले असफल भएको पाण्डेको भनाइ थियो । एमाले कुनै पनि हालतमा छिन्नभिन्न नहुने उनको भनाइ थियो ।

जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताएका छन् ।माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरिरहेका बेला ओलीले भने जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका हुन् ।मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओली भने, ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् । त्यही हो १० बुँदे ।’ पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने उल्लेख थियो ।

माधव नेपाललाई पनि फुट्न नदिन कार्यदल बनाएको, तर उनले १० बुँदेलाई अस्वीकार गरेको ओलीले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।’

१० बुँदेबारे ओलीको धारणा उनकै शब्दमा :
१० बुँदे भन्ने छ अहिले । १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन । त्यसकारण १० बुँदे के ? जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् न । त्यही हो १० बुँदे । जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ ? जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि ।नेकपाको दर्ता बदर भएपछि नेकपा एमाले र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुुरा हो । हामीले पार्टी एकीकरण गरेका थियौं २०७५ जेठ ३ गते । त्यो एकीकरण कायमै छ । प्रचण्ड गुट अलग भएर गयो, माओवादी केन्द्रबाट आउनुभएका थुप्रै साथीहरु अहिले पनि यसै पार्टीमा हुनुहुन्छ ।

यो पार्टीको अहिलेको नाम नेकपा एमालेको हो । यो हिजोको नेकपाको पनि निरन्तरता हो, एकीकणको पनि निरन्तरता हो । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, सजिलोसँग कामलाई अगाडि बढाउनुस् । कुनै पनि कारणले तनावग्रस्त नहुनुस्, असहज मनका साथ नचल्नुस् । कतिपय ठाउँमा विनासित्ति जेठ २ भनेर … जेठ २ भनेको श्राद्धमा विरालो बाँधे जस्तो होइन ।यो त पार्टीलाई गतिशील बनाउन र समस्या देखा परे भने समस्या समाधान गर्न हो । यो कुनै पार्टीसँग गरिएको सम्झौता होइन । हामीले माधव नेपाललाई पनि फुट्न नदिने भनेर बनाइएको कार्यदल थियो । त्यो क्षति रोक्न बनाइएको थियो । माधव नेपालले अस्वीकार गरे ।

हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार