• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

माधव नेपाल सहित कारबाहीमा परेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी


नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ ।राष्ट्रपतिको पत्र पढेर
सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो।अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई

निर्देशन दिएका हुन् ।एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र संसद प्रतिक्रियावादीहरुो एकलौटी खेलमैदान हुन नदिन संसद अवरुद्ध पारित उनको भनाइ छ ।
‘आज राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै …’ संसदीय दलको बैठकमा ओलीले भने, ‘हामी गम्भीर राजनीतिक लडाइमा छौँ ।’अध्यक्ष ओलीले एमाले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदलाई मान्यता दिएर अर्को पार्टी गठन नै हुन नसक्ने दावी समेत गरे । ‘यसरी हाम्रो पार्टीका विरुद्धमा षडयन्त्र गरेको हुनाले र हाम्रो पार्टी फोडेको हुनाले सदन चल्ने स्थिति, समग्रतामा सदन नै चल्ने स्थिति रहेन,’ उनले भने।

एमाले विभाजन : कर्णालीमा नेकपा एकीकृत समाजवादीको पक्षमा देखिएन लहर​
एमालेभित्र विवादको जड बनेको कर्णालीमा एमाले विभाजनपछि दुवै दलले संगठनको लेखाजोखा गर्न थालेका छन् । कर्णाली प्रदेशमा न एमालेले विभाजनको असर रोक्न सक्यो न त एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले नै पकड मजबुत देखाउन सक्यो ।

०७४ मा स्थानीय तहको निर्वाचनका बेलामा माधवकुमार नेपालको खेमामै रहेर जितेका धेरैजसो जनप्रतिनिधि एमाले विभाजनपछि पनि एमालेमै बसेका छन् । कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो । एक हजार ४८४ निर्वाचित जनप्रतिनिधिमध्ये ३५१ जनाले मात्र नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका छन् ।

​प्रदेशसभामा एमालेबाट निर्वाचित ३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सल्यान, दैलेख, कालिकोट, डोल्पा लगायतका केही जिल्लामा नेकपा एकीकृत समाजवादीमा न्यून जनप्रतिनिधि खुलेका छन् भने सुर्खेत लगायतका अन्य जिल्लामा पनि एमालेलाई दल विभाजनको ठुलो धक्का भने लागेन ।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार