• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र २७ गते आइतवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ भाद्र २७ गते आइतवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १२ तारिख, राक्षस नामक संवत्सर, शाके : १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११४१
(ञलाथ्व), इटहरी, सुनसरी,नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, चन्द्रोदय : दिउँसो १०:०७ बजे र चन्द्रास्त : बेलुका १०:१४ बजे, काठमाण्डौं

नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:१२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे, भाद्रपद शुक्लपक्षको षष्ठी तिथि, साँझ ०७:४० बजेसम्म, त्यसपछि सप्तमी तिथि, विशाखा नक्षत्र, दिउँसो ०१:०७ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, बिहान ०७:३२ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भक्ति पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानातिना बाधा इलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार