• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

पाटीले निर्णय गरे सुदूरपश्चिम प्रदेश इञ्चार्ज छाड्ने भिम रावलको संकेत !


धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोक्ने विषयमा निर्णय नभएको दाबी गरेका छन् ।पार्टी विभाजनपछि अछाम पुगेका
रावलले बिहीबार एमाले जिल्ला कमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रदेश इन्चार्जका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको तर निर्णय भइनसकेको

बताए ।‘अध्यक्ष कमरेडले मलाई सुदूरपश्चिममा तपाईलाई समस्या भए पार्टी उपाध्यक्षकै हैसियतमा संयोजन गर्नुस्,’ रावलले बालकोट वार्ता स्मरण गर्दै भने, ‘उहाँहरु (कर्ण थापा र लेखराज भट्ट) लाई परिचालन गर्नुस् । पालिकाबाट पनि समस्या समाधान गर्दै आउनुस् । विवाद भएको ठाउँमा हामी कुरा गरौँला ।’उपाध्यक्ष रावलले १० बुँदे सहमती कार्यान्वयन गर्न आफ्नो संयोजकत्वमा थापा र भट्ट रहनेगरि समिति गठन गरेको भएपनि इञ्चार्जको बिषयमा भने ठोस कुरा नभएको दाबी गरेका हुन् ।‘सुदूरपश्चिमको हकमा स्थायी कमिटि सदस्य लेखराज भट्ट र पोलिट ब्यूरो सदस्य कर्ण थापालाई पनि सहभागि गरौँ । हामी त्यहाँ सहमति गरेर अघि बढौँ भन्ने मेरै प्रस्तावमा बालकोटका छलफल भएको थियो’ उनले भने, ‘को इञ्चार्ज भयो को भएन ? कुरा त त्यहाँ त्यस्तो भएको होइन । त्यो एक जना व्यक्तिले निर्णय गर्ने कुरा होइन । पार्टी कमिटिले गर्ने हो । त्यो प्रस्ताव अध्यक्ष र महासचिबले लैजान सक्नुहुन्छ । ’१० बुँदे अनुसनर आफूनै इञ्चार्ज हुनुपर्ने रावलको दाबी छ। माओवादीबाट एकता प्रकृयामै आएको हुँदा भट्टले पनि इञ्चार्जको दाबी गरेका छन् । भट्टले बुधबार कञ्चनपुर पुगेर अध्यक्ष ओलीले भीम रावललाई संयोजनको काम गर्न र आफूलाई इञ्चार्जको जिम्मेवारी दिएको बताएका थिए ।

माधव नेपाललाई अष्टलक्ष्मीको आग्रह : फर्किएर एमालेमै आउनुस्
नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेकै फर्किन माधवकुमार नेपाललाई आग्रह गरेकी छन् ।

एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले नेता नेपालले लिएको बाटो सही नभएको बताइन् । उनले अघि भनिन्, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । किनभने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ ।

माधवकुमार नेपाल आफूहरुको नेता भएको र आफूले आफ्नो जीवन दिएर बनाएको पार्टीलाई चटक्क त्यागेर नयाँ पार्टी बनाउँछु र जनमत सृजना गर्छु भन्नु सही नभएको उनको भनाइ छ । शाक्यले अघि भनिन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार