• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

इटहरी काँग्रेसमा तीन भाइकाे दाैड, को कति बलियो ?


इटहरीनेपाली काँग्रेस इटहरीको १४ औँ नगर अधिवेशनमा नगर समापतिकालागि तीन भाइ दाैडमा छन्।हेमकर्ण पौडेल, विकाश केसी र प्रकाश बस्नेतले नगर नेत्तृवका
लागि प्रतिस्पर्धा गर्दैछन्।नगर अधिवेशन असाेज ९ गते तय भएको छ । यसपटक क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने भएकाले अधिवेशनमा थप रोचक र प्रतिस्पर्धा हुने देखिन्छ।

पार्टी संस्थापन पक्षका विकास केसी नगर सभापतिका एक दाबेदार हुन् । २०५२ सालदेखि इटहरीबाट राजनीतिक यात्रा सुरु गरेका केसीले तेह्रौँ अधिवेशनमा नगर सभापतिमा पराजित भएका हुन् । २०७३ सालमा नेविसंघको केन्द्रीय उप–सभापतिमा कुशल नेतृत्व गरेका केसी हाल नगरसभापति पदका लागि उम्मेदवारी दिएका छन् । संस्थापन पक्षका एक्ला उम्मेदवार केसीकाे सम्भावना बलियाे रहेकाे काँग्रेस वृतमा चर्चा हुने गरेकाे छ । रोहित प्रसाईँ र नेबिसंघका केन्द्रीय सभापति राजीव ढुङ्गाना साथ उनलाइ रहेकाे छ । साथै उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलकाे पनि केसीलाइ समर्थन रहेकाे छ । हेमकर्ण पौडेल सँग असन्तुष्ट समूह पनि केसीसँग जोडिएको छ । यसरी हेर्दा केसीकाे सम्भावान बलियाे देखिन्छ ।

हेमकर्ण पौडेल नगर सभापतिका शक्तिशाली उम्मेदवार हुन । दुई कार्यकाल सभापति भइसकेका पौडेललाइ क्षेत्रीय प्रतिनिधि रिझाउन सहज छ । आफू सभापति नभए मेयरको लागी सिफारिसमा नपरिएला भन्ने ठानेर पौडेलले उम्मेदवारी दिएकाे बुझिन्छ । भर्खरै सम्पन्न क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा केसी पक्ष बलियो देखिएकाले पाैडेललाइ केहि चुनैति भने थपिएकाे छ । आफ्नो पक्षमा लागिपरेका नेता कार्यकर्तालाई बेवास्ता गरेको भन्दै युवापङ्ती असन्तुष्ट छन्, भने उनका सचिव प्रकाश बस्नेतले छुट्टै उम्मेदवार बनेका छन् । यसअघि साथ दिने नेता कार्यकर्ताले साथ छाेड्नु र क्षेत्रीय प्रतिनिधिमा अर्काे पक्ष बलियाे हुनु पाैडेलकालागि अर्काे चुनैति हाे । तथापि वाक पटुताको कारण उनी प्रतिनिधिलाई आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् यसले उनसाइ सहज हुने छ ।

प्रकाश बस्नेत पौडेल पछिको उत्तराधिकारी दाबी गर्दै आएका नेता हुन् । १३ औँ महाधिवेशनमा बालकृष्ण विष्टलाई पराजित गरेर नगर सचिव बनेका बस्नेतले सभापतिमा उम्मेदवारी दिएका हुन् । बस्नेत तेस्रो धारका रूपमा अगाडि आएका छन् । बस्नेत र पौडेल दुई लाइनमा लागेपछि बस्नेतकाे सम्भावना कम देखिएकाे छ ।

आफ्नाे पक्षमा लागेका प्रतिनिधिलाई पौडेलकाे पक्षमा जान नदिने चुनाैतिकाे समना बस्नेतले गर्नु पर्ने छ । पौडेल र केसी सँग असन्तुष्ट रहेका प्रतिनिधिले उनलाइ समर्थन गर्ने सम्भावना पनि छ । त्यसैले बस्नेत पनि शक्तिशाली उम्मेदवार कै रूपमा हेरिएका छन् ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार