• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

संखुवासभा प्रकरण : नाबालकलाई चिर्पट प्रहार, वृद्धाको टाउको ठोक्काएर ह’त्या ( भिडियो सहित )


सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक ह’त्या’मा नयाँ ट्विस्ट देखिएको छ ।भदौ २७ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई
सार्वजनिक गरेर उनी एक्लैले ह’त्या गरेको जिकिर गरेको थियो।सोमबार पुनःजिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर लोकबहादुरका भाई नरेशसमेत थप ४ जनालाई प्रहरीले

सार्वजनिक गरेको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदी भन्छन्- ‘सामूहिक योजना र सबैजना मिलेर नै ह’त्या गरेको देखियो ।’लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की र छोरा हस्तबहादुर मिलेर सबैभन्दा पहिला ५५ वर्षका तेज बहादुर कार्कीलाई हत्या गरेका थिए । भदौ २१ मा बिहान ५ बजेर २० मिनेटदेखि ४० मिनेट सम्ममा सबै जनाको ह’त्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।तेजबहादुरलाई चिर्पटले हिर्काएको देखेर दौडिँदै आएका पत्नी कमला र बुहारी रञ्जनालाई ह’त्या गरेर लोकबहादुरको समूह दुई नाबालकतर्फ लम्किए ।

संखुवासभा सामूहिक ह’त्या प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ ।

रञ्जनाका छोरा ८ वर्षका विपिन कार्की र ५ वर्षकी छोरी गोमा घर नजिक बाटोमा निस्किएका थिए । लोकबहादुर र उनका दाई (काकाको छोरा) हस्तबहादुर मिलेर विपिन र गोमाको बाटोमा छेकेका थिए । अनि, मुख थुने । चिर्पटले हिर्काए ।

‘चिर्पटले हिर्काएपछि घाँटी बटारेको अनुसन्धानबाट खुलेको छ’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘नाबालकलाई ह’त्या गरेर सो समूह तेजबहादुरको घरमा पुगेको थियो ।’ घरमा ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याई रहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घर पछाडिको गोठमा लगेका थिए ।

‘लोकबहादुरले पार्वतीको टाउको भित्तामा ठोक्काए’ डिएसपी लालध्वज सुवेदी भन्छन्–‘अनि मुन्टो बटारेर ह’त्या गरेपछि सबैजना लोकबहादुरको घरमा गएर प्रमाण लुकाएको देखिन्छ ।’ भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो ।

​लोकबहादुरका काका खड्गबहादुर ह’त्या’को मुख्य योजनाकार रहेको अनुसन्धानबाट थाहा भएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार