• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : मन्त्रीले पिटे कार्यकर्ता


नेपालीकांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई
हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्।सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुव्र्यवहार गरेका हुन् ।सर्लाही–४(क)

बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान्छे यस्तो गर्ने हो भन्दै त्यहाँ रहेका अन्यले रोकेका थिए। सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समयअघि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामाको घोषणासहित पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। त्यहाँको सदस्यता विवाद अझै सुल्झेको छैन । यो समाचार नागरिक दैनिकमा छ ।

धनुषामा शिक्षा एकाइका प्रमुखमाथि हातपात
धनुषामा शिक्षा अधिकारीमाथि हातपात भएको छ । सरुवा विवादका कारण एक जना राहत शिक्षकका बुवाले शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका प्रमुखमाथि हातपात गरेका हुन् । मंगलवार दिउसो धनुषाको शहीद नगरपालिका- १ स्थित मतौना राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक माधव राय यादवका बुवा बेचन यादवले आफ्नो छोरासहितका शिक्षकलाई कानून विपरीत सरुवा गरिएको भन्दै शिक्षा एकाइका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीमाथि हातपात गरेका थिए ।

प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार अवकाश प्राप्त शिक्षकसमेत रहेका बेचन यादव छोराको सरुवा सम्बन्धी समस्या लिएर कार्यालयमा आएको थिए । तर प्रमुख ज्ञवालीले बेवास्ता गर्दै कार्यालयबाट निस्किन लागेपछि बचेन यादव हातपातमा उत्रिएका हुन् । तर प्रमुख ज्ञवालीले आफूलाई जिल्ला प्रशासन कार्यालयको बैठकमा पुग्न ढिलो भइरहेको कारण कार्यालयबाट निस्किन लाग्दा होहल्ला भएको बताए ।उनले आफूमाथि हातपात नभएको दाबी समेत गरे ।

माधवको बुवा बेचन यादवले कानून विपरित गरिएको सरुवा बदर र बक्यौता तलबको माग गर्न समन्वय एकाइ समितिमा जाँदा घटना भएको बताए । आफ्नो गुनासो लिएर जिल्ला प्रशासन कार्यालय, नगरपालिका र समन्वय एकाइमा कयौं पटक निवेदन दर्ता गराएपनि हालसम्म पहल नहुँदा अप्रिय घटना उत्पन्न भएको उनको भनाइ छ ।शहीद नगरपालिका शिक्षा एकाइ समितिले सो विद्यालयमा कार्यरत माधव यादवलाई सोही वडाको कुम्भकर्णस्थित विद्यालयमा र भरतप्रसाद यादवलाई बेमरखीमा सरुवा गरी काभ्रेपलाञ्चोकबाट रन्धीर कुमार यादव र डडेलधुराबाट वकिल राय यादवलाई ल्याउँदा विवाद भएको हो ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार